बुढीगण्डकीबारे अब केही विवाद छैनः डा. भट्टराई

नेपालभ्युज

बुढीगण्डकीबारे अब केही विवाद छैनः डा. भट्टराई
फाइल तस्वीर

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनाबारे अब कुनै विवाद बाँकी नरहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित गठबन्धन दलहरुको अभिमुखीकरण कार्यक्रममा भट्टराईले बूढीगण्डकी परियोजनाबारे विगतमा भएका गल्ती सच्चिइसकेको बताए । ‘हिजो त्यतिबेला मैले अलिकति आलोचना गरेकै हो, किनभने नेपाली आफैंले बनाउनुपर्ने आयोजना कता–कता कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचनाहरु पाएको थिएँ,’ उनले भने, ‘तर ती सूचनाहरु अपुष्ट थिए, त्यसको आधारमा मैले त्यो बेला बोलेकै हो, अब त्यो सच्चियो ।’

उनले बूढीगण्डकी बहुउद्देश्यीय आयोजनालाई गेमचेन्जरको संज्ञा दिँदै यसलाई छिटो बनाउन आग्रह गरे ।

अब उक्त परियोजना नेपाल आफैंले बनाउने र यसबारे कुनै विवाद बाँकी नरहेको उनले बताए । यसअघि उनले उक्त परियोजनामा ठूलो रकम भ्रष्टाचार भएको आरोप लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved