आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

नेपालभ्युज

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारणसभा असोज २६ गते कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो।

सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरू पारित गरेको छ । जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्व पुर्याउनुपर्ने प्रावधानबमोजिम पुँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शत प्रतिशत बराबरको सेयर पुँजी थप गर्ने, सेयर पुँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्काशन गर्ने लगायत कम्पनीको प्रबन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरू स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरू उपर छलफल गरी सो प्रस्तावहरू सर्वसम्म्तिबाट पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरूको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एन्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान : आर्थिक सहायताको अनुमोदनसमेत गरिएको थियो ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बिमितको आवश्यकता अनुसारको विविध बिमा योजनाहरूको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियमाकीय प्रयासहरूका कारण तथा वित्तिय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास लगायत विभिन्न बैंक, वित्तिय संस्थाहरू, बीमा कम्पनीहरू एवं अन्य संघ संस्थाहरूको प्रयासका कारण बीमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुदै गएको बताए । साथै कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरूलाई सुविधा पु¥याउने क्रममा सातै प्रदेशमा शाखा सन्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरूमार्फत सेवा उपलब्ध गरिरहेको बताए ।

सभाको अन्तमा सभाका अध्यक्षले कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने सेयरधनी महानुभावहरू, नियमक निकायहरू, समस्त बीमितहरू, बैंक तथा वित्तीय संस्थाहरू, पुनर्बीमा कम्पनी, अभिकर्ताहरू, कर्मचारीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विर्सजन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved