स्वतन्त्र उम्मेदवारहरूको चुनाव चिन्ह ‘सिरिञ्ज’देखि कैँचीसम्म

मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले बुधवार चिन्ह वितरण गरेको छ। स्वतन्त्र उम्मेदवारलाई आयोगले चिन्ह ‘सिरिञ्ज’देखि कैँचीसम्मका चुनाव चिन्ह दिएको छ।

नेपालभ्युज

स्वतन्त्र उम्मेदवारहरूको चुनाव चिन्ह ‘सिरिञ्ज’देखि कैँचीसम्म

काठमाडौं। मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले बुधवार चिन्ह वितरण गरेको छ। स्वतन्त्र उम्मेदवारलाई आयोगले चिन्ह ‘सिरिञ्ज’देखि कैँचीसम्मका चुनाव चिन्ह दिएको छ।

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेलधुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन्। बुधवार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात् सुई चिन्ह पाएका हुन् ।

गोविन्दराज जोशीलाई ‘कैँची’

तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैँची’ चुनाव चिन्ह पाए।
स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनेका जोशीका छोरा दीपकले पनि चुनाव चिन्ह कैँची पाएका थिए। चिन्ह पाएपछि उनले भने ‘‘स्थानीय निर्वाचनमा पनि हामीले कैँची चुनाव चिन्ह पाएका थियौँ। अहिले मैले पनि कैँची नै पाएको छ। यसले प्रचारका लागि सजिलो हुन्छ।’’

घनश्यामलाई त्रिभुज

यता एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन्। पार्टीले उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई निर्वाचन आयोगले त्रिभुज चुनाव चिह्न दिएको हो।

पार्टी कमिटीबाट उम्मेदवारका रूपमा सिफारिस भए पनि एमाले अध्यक्षले भुसाललाई उम्मेदवार बनाएका थिएनन्। यसैले स्वतन्त्र उम्मेदवारी दिएपछि भुसाललाई सत्ता गठबन्धनको समेत समर्थन गरेको हो। सो क्षेत्रमा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ।

प्रभु साहलाई ह्याण्ड पाइप, गङ्गा चौधरीलाई लौरो

उता एमालेबाट पाएको टिकट त्यागेका प्रभु साहले पाए ह्याण्ड पाइप चिन्ह पाएका छन्। उनले रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यस्तै चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन्। चितवन–३ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह पाएका छन्। झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन्।

उता नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गङ्गा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन्। एमालेकी शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिन्ह पाएकी हुन्। काठमाडौं–७ बाट निर्वाचित निवर्तमान सांसद रामवीर मानन्धरले आफ्नो उम्मेदवार कायम राखेका छन्। उनी एमालेका बागी उम्मेदवार हुन्। उनले घण्टाघर चुनाव चिन्ह पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved