जसपाका चारजना मन्त्री हटाउने प्रधानमन्त्रीको तयारी

मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि जसपाका मन्त्री हटाउने सहमति भएको छ । आज भोलिमै आफूहरुलाई हटाउने सूचना पाएको जसपाका एक मन्त्रीले बताए । उनीहरुको स्थानमा कसलाई जिम्मेवारी दिने भन्नेबारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। 

नेपालभ्युज

जसपाका चारजना मन्त्री हटाउने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चारजना मन्त्रीलाई हटाउने तयारी गरेका छन्।

मंसिर ४ को निर्वाचनका लागि प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेपछि प्रधानमन्त्रीले जसपाका मन्त्री हटाउनेबारे सत्ता गठबन्धनमा छलफल गरेका छन् ।

मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि जसपाका मन्त्री हटाउने सहमति भएको छ । आज भोलिमै आफूहरुलाई हटाउने सूचना पाएको जसपाका एक मन्त्रीले बताए । उनीहरुको स्थानमा कसलाई जिम्मेवारी दिने भन्नेबारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

त्यो टुङ्गिनासाथ चारैजनाको जिम्मेवारी खोस्ने तयारी छ ।

जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव सरकारमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved