सन्दीपलाई आज अदालत उपस्थित गराइँदै

नेपालभ्युज

सन्दीपलाई आज अदालत उपस्थित गराइँदै
फाइल फोटो

काठमाडौं। बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ परेको चारदिन पछि आज अदालत उपस्थित गराइँदै छ।

सार्वजनिक विदाका कारण पक्राउ परेको चार दिनसम्म उनलाई अदालत लगेर म्याद थप लिइएको थिएन। दशैं बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोपमा एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन्। पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए।

उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

सन्दीपविरुद्धको मुद्दा अघि बढ्ने यस्तो छ प्रक्रिया

सन्दीप लामिछाने विमानस्थलबाटै गिरफ्तार

ममाथि गम्भीर षड्यन्त्र भयो, जतिसक्दो चाँडो फर्किएर कानुनी लडाइँ लड्छु : सन्दीप लामिछाने

सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved