कमल थापाले रानाको टिकट खोसेपछि मकवानपुर एमालेमा लफडा, पार्टी कार्यालयमा तालाबन्दी

कमल थापाले रानाको टिकट खोसेपछि मकवानपुर एमालेमा लफडा, पार्टी कार्यालयमा तालाबन्दी

हेटौंडा। क्षेत्र नम्बर १ बाट कमल थापाले एमालेको चिन्हमा चुनाव लड्ने भएपछि मकवानपुर एमालेमा लफडा भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको भन्दै असन्तुष्ट एमालेका कार्यकर्ताले पार्टी कार्यालयमा ताला समेत लगाएका छन् । हेटौंडा ५ स्थित पुस्पलाल पार्क नजिक रहेको पार्टी कार्यालयमा एमाले कार्यकर्ताले कमल थापालाई उमेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै ताला लगाएका हुन् ।

२ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भएता पनि हिजो (शनिवार ) एमाले अध्यक्ष केपि शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।

उक्त निर्णय गलत भएको भन्दै मकवानपुरमा एमालेका कार्यकर्ताले समाजिक संजालमा समेत विरोध जनाइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved