पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हरायो

नेपालभ्युज

पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हरायो

काठमाडौं। पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई हराएको छ । पहिलो खेलमा भारतलाई दक्षिण अफ्रिकाले ९ रनले हरायो । लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो ।

जितसँगै तीन खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।  दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो ।  भारतका लागि सन्जु सामसनले ८६ तथा श्रेयस अएरले ५० बनाए । बलिङतर्फदक्षिण अफ्रिका लुंगी एनजीडीले ३ तथा कागिसो राबडाले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले नटआउट ७५ तथा हेन्रिच क्लासेनले अविजित ७४ रन बनाए । त्यस्तै क्विन्टन डी ककले ४८ रन जोडे । भारत र दक्षिण अफ्रिकाबीच तीन वटा खेलको एकदिवसीय शृङ्खला हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved