दशैं विशेष ट्राफिक चेकिङ : बढी भाडा लिने ४२ जना पक्राउ

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जनालाई पक्राउ गरिएको हो।

नेपालभ्युज

दशैं विशेष ट्राफिक चेकिङ : बढी भाडा लिने ४२ जना पक्राउ

काठमाडौं। चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा लिने ४२ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट बुधबार ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जनालाई पक्राउ गरिएको हो।

प्रहरी टोलीले दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएकोभन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिविधिमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गंगबु पठाइएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved