पहिलो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हरायो

नेपालभ्युज

पहिलो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हरायो

काठमाडौं। पहिलो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । गएराति थिरुवन्थापुरममा दक्षिण अफ्रिकाले दिएको एक सय ७ रनको सामान्य लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो ।

भारतका केएल राहुलले नटआउट ५१ रन र सूर्यकुमार यादवले ५० रन बनाए । कप्तान रोहित शर्मा शून्य र विराट कोहली ३ रनमा आउट भए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका केशव महाराज सर्वाधिकले ४१ रन बनाए ।

दक्षिण अफ्रिकाले ९ रन बनाउँदा नै पाँच विकेट गुमाइसकेको थियो । भारतका अर्शदीप सिंहले ३ तथा दीपक चाहर र हर्सल पटेलले २/२ विकेट लिए । तीन खेलको टी-२० र एकदिवसीय शृङ्खला खेल्न दक्षिण अफ्रिका भारत भ्रमणमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved