धनकुटामा माओवादी नेताहरूले दिए सामूहिक राजीनामा

नेपालभ्युज

धनकुटामा माओवादी नेताहरूले दिए सामूहिक राजीनामा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) धनकुटाका नेताहरूले सामूहिक राजीनामाको दिएका छन् । प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दाबी गर्दै आएकामा नपाएपछि उनीहरूले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हु्न् ।

यसअघि धनकुटाका नेता माओवादीका पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीले प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका थिए । तर सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले भण्डारीको उम्मेदवारी सुनिश्चित छैन ।

जिल्लाका नेताहरूले भण्डारीलाई प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारको रूपमा अघि सारे पनि नेता सुनील थापाको समेत दाबी रहेकाले सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोट पेचिलो बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved