जबरा सरकारी निवासमै थुनिए, गेटमा प्रहरीको पहरा

जबरालाई बाहिर निस्कन नदिन बालुवाटारस्थित उनको सरकारी निवासको गेटमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बाहिर निस्कने हरेक सवारी साधनमा जाँच गर्ने गरिएको छ । जबरा नभएको यकिन गरेपछि मात्रै सुरक्षाकर्मीले सवारी बाहिर निस्कन दिएका छन् । 

नेपालभ्युज

जबरा सरकारी निवासमै थुनिए, गेटमा प्रहरीको पहरा

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उनको सरकारी निवासबाट बाहिर निस्कन रोक लगाइएको छ । सर्वोच्च अदालत जाने तयारी गरेपछि सुरक्षाकर्मीले उनलाई निवासबाट बाहिर निस्कनै रोक लगाएका हुन् ।

जबरालाई बाहिर निस्कन नदिन बालुवाटारस्थित उनको सरकारी निवासको गेटमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बाहिर निस्कने हरेक सवारी साधनमा जाँच गर्ने गरिएको छ । जबरा नभएको यकिन गरेपछि मात्रै सुरक्षाकर्मीले सवारी बाहिर निस्कन दिएका छन् ।

भित्र जाने सवारीसाधनलाई भने कुनै रोक लगाइएको छैन । संसद नै नरहेपछि आफूमाथिको महाभियोग प्रस्ताव निष्क्रिय भएको दाबीसहित जबराले आइतबार सर्वोच्च जाने बताएका थिए । तर सुरक्षाकर्मीले निवासबाटै निस्कन नदिएपछि सर्वोच्च जाने उनको योजना असफल भएको छ ।

जबराले पनि आफुलाई निवासमै रोकिएको बताएका छन् । उनले सर्वोच्च अदालत जाने तयारी गरिरहे पनि बाहिर प्रहरी तैनाथ गरेर रोकेको संचारकर्मीलाई बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved