चुनावी बाचा पुरा गर्दै हर्क साम्पाङ, ल्याए धरानमा पानी

‘‘खर्दु र निशानेलाई मात्रै जोडेका छौँ, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’’

नेपालभ्युज

चुनावी बाचा पुरा गर्दै हर्क साम्पाङ, ल्याए धरानमा पानी

काठमाडौं। धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले चुनावी बाचा पुरा गर्दै धरान बजारमा पानी ल्याएका छन्। स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका उनले चार महिनामै पानी ल्याएका हुन्।

मेयरमा निर्वाचित भएपछि बाचा पूरा गर्न आफैँ फिल्डमा उत्रिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी सोमबार धरान खसालेका छन्।

उनले फेसबुकमा भिडिओ पोस्ट गरेका छन् ‘‘खर्दु र निशानेलाई मात्रै जोडेका छौँ, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’’

भिडियोमा धरानवासीले प्रमुख साम्पाङलाई समाएर पानीको फोहोरामा भिजेर खुसी मनाउँदै गरेको देखिन्छ। अब अर्को चरणमा सर्दु खोलाको पानी ल्याउने योजना रहेको उनले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved