कर्णालीविरुद्ध मधेस जवाफी ब्याटिङमा, गण्डकी र नेपाल पुलिसको खेल रद्द

नेपालभ्युज

 कर्णालीविरुद्ध मधेस जवाफी ब्याटिङमा, गण्डकी र नेपाल पुलिसको खेल रद्द

काठमाडौं। नवौं‌ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष टी–२० प्रतियोगितामा अहिले मधेस प्रदेशले कर्णालीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मधेसले १ सय १५ रनको लक्ष्य पछयाइरहेको हो ।

टस जितेर मधेसले फिल्डिङ रोजेसँगै कर्णाली ब्याटिङमा उत्रियो । कर्णालीका लागि बिपिन रावलले २४ र प्रकाश जैसीले १९ रन बनाए । मधेसका लागि भने मोहम्मद आदिल आलमले ५ र हरिश‌ंकर शाहले २ विकेट लिए ।

कीर्तिपुरमा नै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश दिउँसो सवा १ बजे आमने-सामने हुनेछन् । आर्मी दोस्रो जितको खोजीमा रहेको छ भने लुम्बिनी पहिलो जित निकाल्न चाहन्छ ।

मूलपानी क्रिकेट मैदानमा हुनुपर्ने गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीचकोे खेल भने रद्द भएको छ । वर्षाले मैदान प्रभावित भएसँगै खेल रद्द भएको हो । गण्डकी र पुलिसले १–१ बाँडेका छन् ।

मूलपानीमा हुने दोस्रो खेलमा भने एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश दिउँसो सवा १ बजे आमने सामने हुनेछन् । सुदूरपश्चिम दोस्रो जितको खोजीमा छ भने एपीएफ पहिलो जित निकाल्न चाहन्छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved