सत्ता गठबन्धनको बैठक फेरि पनि निष्कर्षविहीन

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक फेरि पनि निष्कर्षविहीन
फाइल तश्वीर

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक निष्कर्षविहीन भएको  छ । शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको हो।

मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदलको प्रतिवेदन समेतको आधारमा छलफललाई तिव्रता दिइएको भएपनि बैठकमा सहमति भने हुन सकेन ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले छलफल जारी रहेको र सहमतिको नजिक पुगिएको बताए ।

‘छलफल जारी छ । हामी सहमतिको धेरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रुपमा सार्वजनिक मात्रै गर्न बाँकी छ’, ‘भोलि पनि बैठक जारी रहनेछ । चाँडैनै टुंगो लाग्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु’ कार्कीले भने ।

उनले गठबन्धनभित्र कुनै समस्या नरहेको र सहमतिकै आधारमा सिट बाँडफाँट टुंगो लगाइने दाबी गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved