‘आगामी चुनावबाट माओवादी सबैभन्दा ठूलो कम्युनिस्ट दल बन्छ’ : प्रचण्ड

म‌ंसिर ४ गते हुने चुनावमा माओवादी केन्द्र मुलुककै दोस्रो ठुलो र पहिलो वामपन्थी दल हुने प्रचण्डको दाबी छ । पोखरामा पार्टी निकट स्वास्थ्यकर्मीको सम्मेलन उद्घाटन् गर्दै उनले गठबन्धन दलबीच सिट बाँडफाँट गर्दा पनि माओवादी दोस्रो ठुलो दल हुने हिसाबले काम भइरहेको बताए ।

नेपालभ्युज

‘आगामी चुनावबाट माओवादी सबैभन्दा ठूलो कम्युनिस्ट दल बन्छ’ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावबाट आफ्नो दल दोस्रो ठुलो पार्टी बन्ने दाबी गरेका छन् ।

म‌ंसिर ४ गते हुने चुनावमा माओवादी केन्द्र मुलुककै दोस्रो ठुलो र पहिलो वामपन्थी दल हुने प्रचण्डको दाबी छ । पोखरामा पार्टी निकट स्वास्थ्यकर्मीको सम्मेलन उद्घाटन् गर्दै उनले गठबन्धन दलबीच सिट बाँडफाँट गर्दा पनि माओवादी दोस्रो ठुलो दल हुने हिसाबले काम भइरहेको बताए । प्रचण्डले भने, ‘ अब प्रदेश र संघको चुनावमा जाँदा माओवादी सबैभन्दा ठुलो कम्युनिष्ट शक्ति बन्ने हिसाबले गठबन्धनमा सिट बाँडफाँटको तयारी भइरहेको छ ।’

स्थानीय चुनावमै त्यसको सम्भावना देखिए पनि आफ्ना केही कमजोरीका कारण मौका गुमेको उनले जिकिर गरे । विगतमा जितेका ५० भन्दा बढी पालिका यसपटक गुमाएको भन्दै उनले ति कायम राख्न सकेको भए स्थानीय चुनावमै माओवादी दोस्रो ठुलो शक्ति भइसक्ने उल्लेख गरे ।

पोखरामै संचारकर्मीसँग प्रचण्डले आफू र कांग्रेस नेता आरजु देउवाबीच भावि प्रधानमन्त्रीलाई लिएर कुनै सहमति नभएको बताए । भारत भ्रमणका क्रममा त्यस्तो सहमति भएको भनि चर्चा चलेको भन्दै प्रचण्डले यसबाट छिमेकी मुलुक पनि भ्रममा परेको जनाए । त्यही भ्रमका कारण चीनका अधिकारीले समेत आफूलाई जिज्ञासा राखेको प्रचण्डले बताए ।

प्रतिगमनकारी शक्तिले त्यस्तो हल्ला चलाएको प्रचण्डको दाबी थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved