राहुल गान्धीको ‘भारत जोडो’ अभियान, १५० दिनमा ३ हजार ७५० किलोमिटर पैदल यात्रा

यात्राका क्रममा दैनिक ६ घण्टा हिड्ने र औसत २० किमी दुरी तय गर्ने योजना बनाइएको छ । यात्रीहरु घर र होटलमा नभइ कन्टेनरहरुमै खाने र सुत्ने व्यवस्था मिलाइएको छ । राहुल गान्धीले पनि कन्टेनरमै रात बिताउने छन् ।

नेपालभ्युज

राहुल गान्धीको ‘भारत जोडो’ अभियान, १५० दिनमा ३ हजार ७५० किलोमिटर पैदल यात्रा

काठमाडौं । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले आगामी लोकसभा चुनावलाई लक्षित गरेर ‘भारत जोडो’ नामक पैदल यात्रा चलाएको छ । बुधबारबाट सुरु भएको पैदलयात्रा १५० दिन लामो हुनेछ ।

पार्टीका नेता राहुल गान्धीले यात्राको नेतृत्व गरिरहेका छन् । तमिलनाडुको कन्याकुमारीबाट भारतको राष्ट्रिय झण्डा फहराउँदै सुरु भएको यात्रा कश्मिरको श्रीनगरसम्म पुग्नेछ । यो यात्रा ३ हजार ७५० किलोमिटर लामो हुनेछ । १२ प्रदेश र २ केन्द्र शासित प्रदेशका सयौं शहर, चोक, बजार हुँदै यात्रा अघि बढ्ने बताइएको छ ।

भारतीय राष्ट्रिय कांग्रेसको भबिष्यबारे सर्वत्र चिन्ता छाइरहेका बेला राहुल गान्धीले यो यात्रा प्रारम्भ गरेका हुन। यो यात्राका लागि देशका विभिन्न प्रदेशबाट कार्यकर्ताको प्रतिनिधित्व हुने गरी ११९ जनाको समूह बनाइएको छ । यसमध्ये २८ महिला यात्री छन । अरुणाञ्चलका २५ बर्षिय अजाम जाम्बोला सबैभन्दा कम उमेरका यात्री भएको बताइएको छ ।

पैदलयात्रा कन्याकुमारीको अगस्तिस्वरमबाट सुरुवात भएको थियो । यात्रा अघि गान्धीमन्डपमका गरिएको सभामा तालिमनाडुका मुख्यमन्त्री एमके स्टालिन, छत्तिसगढका भूपेश बेघल र राजस्थानका अशोक गोहलतले भारतको राष्ट्रिय झण्डा राहुल गान्धीलाई हस्तान्तरण गरेका थिए ।

राहुल गान्धीले भाजपा र राष्ट्रिय स्वयं सेवक संघले देशलाई ‘तोडिरहेको’ हुँदा ‘भारत जोडो’ अत्यावश्यक भएको बताए । उनले प्रधानमन्त्री मोदी, सत्तारुढ दल भाजपा र त्यसको मातृसंगठन आरएसएसलाई धार्मिक आधारमा देशलाई साम्प्रदायिक विभाजन गर्ने तत्व भनेर आरोप लगाएका छन् ।

यात्राका क्रममा दैनिक ६ घण्टा हिड्ने र औसत २० किमी दुरी तय गर्ने योजना बनाइएको छ । यात्रीहरु घर र होटलमा नभइ कन्टेनरहरुमै खाने र सुत्ने व्यवस्था मिलाइएको छ । राहुल गान्धीले पनि कन्टेनरमै रात बिताउने छन् ।

भारतीय राष्ट्रिय कांग्रेस देशको सबैभन्दा पुरानो पार्टी हो। यो पार्टी अहिले १३७ बर्षमा हिडिरहेको छ । भारतीय स्वतन्त्रता संग्राममा यो पार्टी नेतृत्वदायी भूमिकामा थियो । कुनै बेला महात्मा गान्धी यो पार्टीको प्रमुख थिए । राहुल गान्धी गान्धी–नेहरु परिवारका पाँचौ पुस्ताका छैठौं व्यक्ति थिए ।

उनका मावली जिजुबा मोतीलाल नेहरु सन् १९१९ र सन् १९२८ मा गरी दुईपटक कांग्रेस अध्यक्ष भएका थिए । स्वतन्त्रतापछिका प्रधानमन्त्री जवाहरलाल नेहरु मोतालालका छोरा हुन । इन्दिरा गान्धी जवाहरलाल नेहरुकी छोरी थिइन भने राजिवा–सोनिया गान्धी इन्दिरा गान्धीका छोराबुहारी । राहुल राजिव र सोनियाका छोरा हुन । यी सबै आफ्नो समयमा कांग्रेसको अध्यक्ष भएका थिए ।

कांग्रेसको कार्यवाहक अध्यक्ष अहिले सोनिया गान्धी छन । सन् २०१९ को लोकसभा निर्वाचनमा पार्टीको हारपछि राहुल गान्धीले अध्यक्षबाट राजिनामा गरेका थिए । राहुल एकातिर करिब ५ महिना लामो पैदल यात्रामा निस्केका छन भने अर्कोतिर कांग्रेसले नयाँ अध्यक्षको चुनावी प्रक्रिया सुरु गरेको छ ।

फेरि एकपटक राहुल पार्टी अध्यक्ष हुन भन्ने आम पार्टी कार्यकर्ताको मनसाय देखिन्छ । तर, यस बिषयमा राहुल मौन रहँदै आएका छन। करिब ५४ वर्ष सरकार चलाएको कांग्रेस सन् २००९ को चुनावपछि कमजोर हुन थालेको थियो भने सन् २०१४ यता निरन्तर विपक्षमा रहँदै आएको छ। राहुल गान्धीको यो ‘भारत जोडो’ यात्रा सन् २०२४ मा हुने निर्वाचन लक्षित गरी जनमत निर्माण गर्ने अभियान भएको विष्लेषकले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved