पारित भयो म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि

नेपालभ्युज

पारित भयो म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि
फाइल तश्वीर

काठमाडौं। गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको थियो ।

सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए । स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ । भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए ।

कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । म्यादी प्रहरीको नतिजाचाहिँ असोज २५ मा प्रकाशन गरिने बताइएको छ । अर्थ मन्त्रालयको सहमति दिएको छ । म्यादीको कार्यावधि ४० दिनको हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved