पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

नेपालभ्युज

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन
फाइल फोटो

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छायाँ सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबार पक्रेको थियो ।

भीएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि उनलाई मन्त्रीले आफ्नो अपमान गरेको भन्दै थुनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved