शेखर कोइराला भएनन् सर्वसम्मत, उनको क्षेत्रबाट ४ जना सिफारिस

नेपालभ्युज

शेखर कोइराला भएनन् सर्वसम्मत, उनको क्षेत्रबाट ४ जना सिफारिस

विराटनगर । नेपाली कांग्रेसले मोरङका ६ वटै क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा सिफारिस गरेको हो ।

नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार क्षेत्र नम्बर १ बाट ४ जना, क्षेत्र नम्बर २ बाट दुई जना, क्षेत्र नम्बर ३ बाट सर्वसम्मत एक जना, क्षेत्र नम्बर ४ बाट पाँच जना र क्षेत्र नम्बर ६ बाट चार जनाको नाम सिफारिस भएको छ ।

मोरङ निवासी संस्थापनइतरका नेता डाक्टर शेखर कोइराला आफ्नो क्षेत्रबाट सर्वसम्मत हुन सकेनन् । उनको क्षेत्रनम्बर ६ बाट उनीसहित चार जना सिफारिस भएका छन् ।

यो क्षेत्रबाट कोइरालासँगै डाक्टर डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भई जिल्लामा आएको सचिव घिमिरेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved