मुस्ताङ उडेको समिट एअरको इन्जिनमा समस्या, ७ मिनेटमै पोखरा फर्काएर अवतरण

नेपालभ्युज

मुस्ताङ उडेको समिट एअरको इन्जिनमा समस्या, ७ मिनेटमै पोखरा फर्काएर अवतरण
फाइल तश्वीर

काठमाडौं। पोखराबाट मुस्ताङका लागि उडेको समिटव एअरको जहाजको इन्जिनमा समस्या देखिएपछि पोखरा नै फर्काएर अवतरण गराइएको छ ।

आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मिनेटमा पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो। जहाजमा १८ यात्रु र चालक दलका चार जना थिए।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले दायाँ इन्जिन अफ गरेर विमान सकुशल विमानस्थलमा अवतरण गरिएको जानकारी दिए । प्राविधिकको टोलीले अहिले जहाजको जाँच गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved