डा आरजु राणा बागलुङ-२ बाट पनि सिफारिस

यसअघि राणालाई कैलाली-५ र बाँके-३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेदवार सिफारिस गरिएको छ भने प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि पनि सर्वसम्मत सिफारिस गरिसकिएको छ ।

नेपालभ्युज

गलकोट । नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को शनिबार बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए ।

बुढाले बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेस बलियो सङ्गठन रहेको भन्दै गठबन्धनमा भागबण्डा मिलाउँदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताए ।

यसअघि राणालाई कैलाली-५ र बाँके-३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेदवार सिफारिस गरिएको छ भने प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि पनि सर्वसम्मत सिफारिस गरिसकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved