सिद्धार्थ राजमार्गको यात्रा कठिन, हिउँदे खोलामा पहिरो झरेपछि सडक फेरि बन्द

नेपालभ्युज

सिद्धार्थ राजमार्गको यात्रा कठिन, हिउँदे खोलामा पहिरो झरेपछि सडक फेरि बन्द

रूपन्देही। सिद्धार्थ राजमार्गको यात्रा कठिन बन्दै गएको छ । सामान्य अवस्थामा पनि खाल्डाखुल्डी र धुलोले हैरान हुने यो राजमार्गको यात्रा बर्खा लागेसँगै झनै कष्टकर हुने गरेको छ ।

सिद्धबाबाको पहिरोले बेला बेला दुख दिइरहने गरेकोमा हिउँदे खोलामा सडक भासिएपछि अर्को समस्या थपिएको छ । विहीबार सडक भासिएपछि डाइभर्सन बनाइएको थियो । त्यै डाइभर्सनमा पनि पहिरो खसेपछि अहिले यातायात ठप्प भएको छ ।

विहीबार साँझ डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

पानी परेकाले सडक मर्मत गर्न समस्या भएको र कतिबेला खुल्छ भन्नै नसकिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved