काठमाडौं महानगरले इन्डोनेसियाबाट ल्यायो साढे सात करोडका अत्याधुनिक दमकल

दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यो दमकलले ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छ । यस्तै एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्ने प्रविधि पनि छ । 

नेपालभ्युज

काठमाडौं महानगरले इन्डोनेसियाबाट ल्यायो साढे सात करोडका अत्याधुनिक दमकल

काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे सात करोड खर्च गरेर इन्डोनेसियाबाट अत्याधुनिक दमकल भित्र्याएको छ । २७० एचपी इन्जिन क्षमता भएको यो दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ ।

राष्ट्रिय सभा गृहमा बिहीबार मेयर बालेन्द्र शाहले महानगरको विपद् व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गरे । महानगरपालिकाले करवाहेक ७ करोड २१ लाख रुपैयाँ खर्चेर नयाँ दमकल किनेको हो । जर्मन कम्पनी जिग्लर इन्डोनेसियाले यो दमकल किन्ने ठेक्का पाएको थियो ।

यो दमकलले ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्ने क्षमता राख्छ । यस्तै एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्ने प्रविधि पनि छ । ३ हजार लिटर पानी र ५ सय लिटर फोमको टयाङक रहेको दमकलले पानीमा फोम आफैं मिसाउँछ ।

महानगरको विज्ञप्तिका अनुसार ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलको ३ वर्ष वारेन्टी छ । २ वटा अल्मुनियमका भर्‍याङ, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण रहेको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved