निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि चल्ने

हिजो बुधवार बयान नसकिएपछि थप बयान बिहीवार लिने निर्णय भएको समितिले जनाएको छ । समितिको बैठक बिहान ११ बजे बस्दैछ ।  

नेपालभ्युज

निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि चल्ने

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले आझ बिहीवार पनि बयान लिँदैछ । हिजो बुधवार बयान नसकिएपछि थप बयान बिहीवार लिने निर्णय भएको समितिले जनाएको छ । समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न बनाएको छ । त्यस्तै नेपाल बार एसोसिएशनले पठाएको प्रमाणका आधारमा थप २१ वटा प्रश्न तय गरिएका छन् । निलम्बित प्रधानन्यायधीश जबराले बुधवार चार वटा प्रश्नको मात्रै जवाफ दिएका छन् । थप प्रश्नमा बिहीवार जवाफ मागिने छ ।

बयानमा निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको दाबी गरेका छन् । उनले संसदीय नियम, कानुन र अभ्यासको पालना नभएको र प्रचलित कानुनअनुसार आफ्नो महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको तर संसदको सम्मानका लागि मात्रै आफू समितिमा आएको बताएका छन् ।

कुनै एक व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनकै लागि आफूमाथि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै न्यायालयलाई राजनीतिमा तान्ने काम दलहरूले नै गरेको समेत जबराको आरोप छ । आफूले गरेका सबै फैसला र अदालती काम संविधानले दिएको अधिकार र न्यायालयको मर्यादाअनुसार नै भएको जबराको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved