स्वास्थ्य मन्त्रालयले गर्‍यो उच्च अधिकारीको सरुवा, को-कहाँ पुगे ?

नेपालभ्युज

स्वास्थ्य मन्त्रालयले गर्‍यो उच्च अधिकारीको सरुवा, को-कहाँ पुगे ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा कार्यरत उच्च अधिकारीको सरुवा तथा  जिम्मेवारी हेरफेर गरेको छ ।  बुधबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले केही कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो ।

स्वास्थ्यमन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा  जिम्मेवारी पाएका छन्।

डा. मरासिनीलाई ट्रमामा  पठाइपछि उनको स्थानमा डा सर्वेश शर्मालाई ल्याइएको  छ ।  ट्रमाका डा. प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो ।

यस्तै, राधिका थपलियालाई प्रदेश १ को स्वास्थ्य निर्देशनालयको जिम्मेवारी दिइएको  छ । यसअघि प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा  नारायण ढकाल जान नमानेपछि थपलियालाई पठाइएको मन्त्रालयले जनाएको छ ।

कारागार अस्पतालको निर्देशकमा डा. प्रकाश बुढाथोकी र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा लक्ष्मीनारायण यादवलाई जिम्मेवारी तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved