आईजीपी सिंह अमेरिका उडे, कार्यवाहक जिम्मेवारी एआईजीपी थापालाई

नेपालभ्युज

आईजीपी सिंह अमेरिका उडे, कार्यवाहक जिम्मेवारी एआईजीपी थापालाई

काठमाडौं । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखको सम्मेलनमा भाग लिनका लागि प्रहरी महानिरिक्षक (आईजीपी)  धिरजप्रताप सिंह  सोमबार अमेरिका प्रस्थान गरेका छन् ।

अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना हुने सम्मेलनमा आईजीपी सिंह सहभागी हुनका लागि अमेरिका प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आईजीपी सिंहले कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुल थापालाई दिएका छन् ।

संयुक्त राष्ट्रसंघले आयोजना गरेको सो सम्मेलनमा भाग लिन शसस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved