टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

नेपालभ्युज

टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

काठमाडौं ।  टी-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा झरेको छ । सन् २०२४ मा हुने टी-२०  विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै स्थान बनाउने भएकाले यसको महत्व छ । वरीयता घटेसँगै नेपालको विश्वकपमा सिधै छनोट हुने सम्भावना पनि कमजोर हुँदै गएको छ ।

टी-२० को नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved