‘चन्द नेतृत्वको नेकपासँगको सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौं’:गृहमन्त्री खाण

नेपालभ्युज

‘चन्द नेतृत्वको नेकपासँगको सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौं’:गृहमन्त्री खाण

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएको छ । गृह मन्त्रालयमा सोमबार गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीले संयुक्त पत्रकार सम्मेलन गर्दै  यस्तो बताएका हुन् ।

चन्द नेतृत्वको नेकपा र केपी ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २० गते ३ बुँदे सहमति भएको थियो । सो सहमति अनुसार सम्झौता कार्यान्वयन हुने  खाँण, कोइराला र खातीले बताए ।

‘विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ । सरकारका विभिन्न निकायहरूले काम गरिरहेको अवस्था छ । राजनीतिक समस्याहरूलाई संवादको माध्यमबाट समाधान खोज्ने, त्यस्तै विभिन्न राजनीतिक क्रियाकलापहरूमा लाग्दाखेरि कार्यकर्ता तथा नेताहरू गिरफ्तार भएका, कारागारमा रहेका र विभिन्न मुद्दाहरू लगाइएको त्यसलाई खारेज गर्नुपर्ने पनि सहमतिमा उल्लेख थियो’ गृहमन्त्री खाँणले भने ।

यस्तै, कानुनमन्त्री कोइरालाले सरकारसँग सहमतिपछि चन्द नेतृत्वको नेकपाका गतिविधि शान्तिपूर्ण भएको भन्दै उनले ३ बुँदे सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताए ।

उनले नेकपाका नेताहरूविरुद्ध देशका विभिन्न ६० जिल्लामा ६ सय १० वटा मुद्दा दर्ता भएको जानकारी दिए । त्यसमध्ये ५२३ जनाको मुद्दा फिर्ता र ८७ वटा मुद्दा भने क्लियर हुन बाँकी रहेको बताए ।

महान्यायाधिवक्ता खातीले भने, ‘संविधान र कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने हो । नेताहरूविरुद्धका मुद्दाका सन्दर्भमा पुनरावेदन नलाग्ने गरी निर्णय भएका छन् । १५५ को हाराहारीमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको कार्यालयले निर्णय गरेको छ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved