रासन घोटाला प्रकरण : सशस्त्रका एसपी विष्ट हेडक्वाटर तानिए

नेपालभ्युज

 रासन घोटाला प्रकरण : सशस्त्रका एसपी विष्ट हेडक्वाटर तानिए

काठमाडौं । रासन घोटालामा मुछिएका दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट छानबिनका लागि हेडक्वाटरमा तानिएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गणमा प्रमुखका रूपमा कार्यरत विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा घोटाला गरेको आरोप लागेपछि उनीमाथि छानबिन थालिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले एसपी विष्टलाई तत्काल जिम्मेवारीबाट हटाइएको पुष्टि गरेको छ । विष्टमाथि रासनमा अनियमितता भएको आरोप लागेपछि सशस्त्र प्रहरीको मुख्यालय हल्चोक झिकाएर आवश्यक छानबिन थालिएको सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ ।

एसपी विष्टमाथि सुरक्षाकर्मीलाई बिदामा पठाएर आफूले रासनवापत प्राप्त हुने गरेको रकम खल्तीमा हाल्ने गरेको आरोप लागेको छ । यो विषयसँग सम्बन्धित सूचना पत्रकारलाई उपलब्ध गराएको भन्दै सोही गणमा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह साहुमाथि एसपी विष्टकै सिफारिसमा मुद्दा चलाइएको छ ।

सशस्त्र प्रहरीको विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएका साहु डिल्लीबजार कारागारमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved