रुसले कब्जा गरेको क्रिमियाको अर्को हतियार केन्द्रमा ठूलो विष्फोट, युक्रेनले आक्रमण गरेको आशंका

क्रिमियामा रहेको रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा शृङ्खलाबद्ध विस्फोट भएको हो ।

नेपालभ्युज

रुसले कब्जा गरेको क्रिमियाको अर्को हतियार केन्द्रमा ठूलो विष्फोट, युक्रेनले आक्रमण गरेको आशंका
फाइल तश्वीर

कीभ। रुसले कब्जा गरेको क्रिमियाको अर्को हतियार भण्डारण केन्द्रमा पनि ठूलो विष्फोट भएको छ । क्रिमियामा रहेको रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा शृङ्खलाबद्ध विस्फोट भएको हो । सामाजिक सञ्जालमा शेयर भएका भिडियोमा हतियार भण्डारण केन्द्रमा निकै बेरसम्म कयौं विष्फोट भएको देखिन्छ ।

गत हप्ता क्रिमियाको तटमा रहेको ब्ल्याक सी बेसमा रुसी लडाकु विमानहरू ध्वस्त भएका थिए। रुसले यो विष्फोट युक्रेनल गराएको आरोप लगाएको छ । तर  युक्रेनले त्यो आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन । युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकले पछिल्लो घटनामा युक्रेनको हात नरहेको बताएपनि यस्ता घटना अपेक्षित नै रहेको बताएका छन्।

रुसले मंगलबारको आक्रमणबारे कुनै जानकारी दिएको छैन । युक्रेनको उत्तर-पूर्वी सीमानाबाट करिब १०० किलोमिटर  टाढा रहेको कुर्चाटोभ आक्रमण भएको हो ।

मस्कोको रक्षा मन्त्रालयले कुनै “गम्भीर” हताहत नभएको बताएको छ, तर रुसी-नियुक्त क्षेत्रीय प्रमुख सर्गेई अक्स्योनोभले घटनास्थलको भ्रमण गरेर २ हजार मानिसहरूलाई नजिकैको गाउँबाट सारिएको र दुई जना घाइते भएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved