चुनावको तयारी गर्न एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

नेपालभ्युज

चुनावको तयारी गर्न एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा (एमाले) ले पनि चुनावको तयारी गर्न बिहीबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति, चुनावी एजेनडालगायत विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि देखिएको छ । साथै, आसन्न निर्वाचनमा नेकपा एमालेले सत्ता गठबन्धन बाहिरका विचार मिल्ने दलसँग तालमेल गर्न सक्ने जनाएको छ ।

सत्ता गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका छन् । उनीहरूले ११ सदस्यीय कार्यदल गठन गरी सिट बाँटफाँटको गृहकार्य गर्दै आएका छन् । कार्यदलको दोस्रो औपचारिक बैठक आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved