कांग्रेस बैठक- सुविधाजनक बहुमत आउने गरी सिट राख्नुपर्ने माग

सत्तारुढ गठबन्धन कायमै राखेर चुनावमा जाने निर्णय गरेको नेपाली कांग्रेसले सिट बाँडफाँडबारे छलफल गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित बैठकमा यसबारे छलफल भएको हो।

नेपालभ्युज

कांग्रेस बैठक- सुविधाजनक बहुमत आउने गरी सिट राख्नुपर्ने माग

काठमाडौं। सत्तारुढ गठबन्धन कायमै राखेर चुनावमा जाने निर्णय गरेको नेपाली कांग्रेसले सिट बाँडफाँडबारे छलफल गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित बैठकमा यसबारे छलफल भएको हो।

बैठकमा नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका महामन्त्री गगन थापाले बताए।
बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ।

बैठकमा नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका महामन्त्री गगन थापाले बताए।

महामन्त्री थापाका अनुसार कांग्रेसले २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन र सङ्गठनबारे केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई रिपोर्ट पेस गर्नेछन्।

कांग्रेसले ३० र ३१ साउनमा प्रशिक्षण कार्यक्रम राखेको छ। जसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखलाई काठमाडौं बोलाइने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved