वेस्ट इन्डिजसँगको टी-२० शृङ्खला भारतले जित्यो

नेपालभ्युज

वेस्ट इन्डिजसँगको टी-२० शृङ्खला भारतले जित्यो

काठमाडौं। वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति फ्लेरिडामा भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४/२४ रन बनाए ।

बलिङतर्फ भारतका अर्शदीप सिंहले ३ विकेट लिए । त्यस्तै अक्षर पटेल, रवि विष्नोइ तथा आभेस खानले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । उसका लागि ऋषव पन्तले ४४ रन बनाए । कप्तान रोहित शर्माले ३३ तथा सन्जु सामसनले नटआउट ३० रन बनाए ।

बलिङ्तर्फ वेस्ट इन्डिजका ओबेड म्याकोइ र अल्जारी जोसेपले समान २/२ विकेट लिए ।

यसअघि भएको एकदिवसीय शृङ्खला पनि भारतले नै क्लिन स्वीप गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved