नागरिकता विधेयक पारित भएपछि सरकारमा जाँदै लोसपा

नेपालभ्युज

नागरिकता विधेयक पारित भएपछि सरकारमा जाँदै लोसपा
फाइल तस्वीर

काठमाडौं। सरकारले संसद्बाट नागरिकता ऐन पारित गराएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा  सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन्।

सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुर निकट एक नेताका अनुसार सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको छ।

‘सरकारमा जाने निश्चित भइसके पनि आज/भोलिमा  नै जाने भनी ठ्याक्कै भन्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘हामीले उठाएको प्रमुख मुद्दा नागरिकता विधेयक हो । राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा छ ।’

लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायतको सर्त राखेको थियो । लोसपा नेता भन्छन्,‘फिर्ता लिन सकिने मुद्दाहरूका बारेमा प्रधानमन्त्रीसँग छलफल भइरहेको छ ।’

लोसपाले सरकारमा सहभागी हुनका लागि कम्तीमा दुई मन्त्रालय र थप एक राज्यमन्त्री पनि लोसपाको माग छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्का सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने जानकारी पनि आफ्नो पार्टीलाई दिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved