‘भगवान् शिवले युवतीसँग मस्किएको’ दृश्य विवादमा आएपछि ‘कमेडी हब’ले भिडिओ हटायो

गएराति सार्वजनिक गरिएको ट्रेलरमा हिन्दुहरूका आराध्यदेव भगवान् शिवजीलाई मजाक बनाइएको भन्दै विरोध भएपछि युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइएको हो।

नेपालभ्युज

‘भगवान् शिवले युवतीसँग मस्किएको’ दृश्य विवादमा आएपछि ‘कमेडी हब’ले भिडिओ हटायो

काठमाडौं। ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेर हटाएका छन्।

अन्जानमा आफूहरूबाट गल्ती भएको स्विकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई हटाएको बताएका छन्।

१० औँ भागको ट्रेलरमा भगवान् शिवजीलाई युवतीसँग मस्किएको, टिकटक बनाउन केही रोमान्टिक बनेको दृश्य समावेश थियो।

गएराति सार्वजनिक गरिएको ट्रेलरमा हिन्दुहरूका आराध्यदेव भगवान् शिवजीलाई मजाक बनाइएको भन्दै विरोध भएपछि युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइएको हो।

सामाजिक सञ्जालमा हिन्दूहरुको आस्थामाथि उक्त दृश्यले प्रहार गरेको भन्दै विरोध भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved