महँगी र भ्रष्टाचारविरुद्ध एमालेले काठमाडौंमा जनप्रदर्शन गर्दै

सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो ।

नेपालभ्युज

महँगी र भ्रष्टाचारविरुद्ध एमालेले काठमाडौंमा जनप्रदर्शन गर्दै

काठमाडौं। महँगी र भ्रष्टाचारविरुद्ध आज नेकपा एमालेले काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले नागरिक ठूलो मारमा परे पनि महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्न लागेको बताए ।

उनले जनप्रदर्शनलाई व्यवस्थित र सङ्गठित शक्तिलाई परिचालन गर्न निर्देशन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved