अनेरास्ववियुको विधान महाधिवेशन असोजमा

नेपालभ्युज

अनेरास्ववियुको विधान महाधिवेशन असोजमा

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला’ असोजमा हुने भएको छ।
अनेरास्ववियुको पदाधिकारी बैठकले आगामी असोज १ देखि ३ गतेसम्म संगठनको विधानबारे छलफल गर्नका लागि महाधिवेशन बोलाएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।

यस्तै बैठकले जिल्ला र सो मातहतका कमिटीको अधिवेशन साउन महिनाभित्र सक्न निर्देशन दिएको छ। अध्यक्ष बरालका अनुसार विधान महाधिवेशनमा सङ्गठन संरचना, नीतिगत तथा शैक्षिक आन्दोलनका विषयमाथि छलफल हुनेछ। उनले विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशन गर्ने बताइन्।

यसै गरी भदौ १५ गतेभित्र प्रदेशस्तरीय शिक्षण तथा भेला र विश्वविद्यालय राष्ट्रिय कमिटीका सम्मेलन, भेला गर्ने निर्णय गरिएको छ।

बैठकले विश्वविद्यालयमा नियमित रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन केन्द्रीय कमिटी र क्याम्पस तहका स्ववियु निर्वाचनको आवश्यकता सन्दर्भमा रचनात्मक दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved