उपसभामुख निर्वाचन : एमालेलाई राप्रपाको साथ

नेपालभ्युज

उपसभामुख निर्वाचन : एमालेलाई राप्रपाको साथ
फाइल तस्वीर

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई समर्थन गर्ने भएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेबाट उम्मेदवार विद्या भट्टराईको पक्षमा मतदान गर्ने बताए। संविधानको मर्म र भावनाअनुरुप उपसभामुखमा प्रतिपक्षको हक लाग्ने उनको भनाइ छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी पुष्पा भुसाललाई समर्थन गर्ने निर्णय गरेको छ।

उपसभामुख चयन गर्न शुक्रबार दिउँसो प्रतिनिधि सभाको दोस्रो बैठक जारी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved