उपसभामुख निर्वाचनमा संसद् भवन पुगेका सञ्चारकर्मीलाई निषेध

नेपालभ्युज

उपसभामुख निर्वाचनमा संसद् भवन पुगेका सञ्चारकर्मीलाई निषेध
फाइल तश्वीर

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको समाचार संकलनका लागि संसद् भवन पुगेका सञ्चारकर्मीलाई बैठक कक्ष प्रवेशमा रोक लगाइएको छ।

आज उपसभामुखको निर्वाचन गर्न संसद्को दोस्रो बैठक जारी छ। त्यहाँका मर्यादापालकले समाचार संकलनका लागि गएका सञ्चारकर्मीलाई ‘माथिको आदेश’ भन्दै ग्यालरीमा जान रोक लगाएका हुन्।

उपसभामुख निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दिएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved