महिलाको घाँटीबाट सिक्री लुट्ने नाबालकसहित तीन जना पक्राउ

नेपालभ्युज

महिलाको घाँटीबाट सिक्री लुट्ने नाबालकसहित तीन जना पक्राउ

रूपन्देही। सुनको सिक्री चोरी गर्ने दुई नाबालकसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका–४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन्। उनीहरु सोमबार पक्राउ परेका हुन्।

रुपन्देही कञ्चन गाउँपालिका–४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरुले आइतबार दिउँसो चोरेर भागेका थिए।

घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका-४ बनकसिया डिहोमा लुकिछिपी हिँडिरहेको ‍अवस्थामा चोरी भएको सुनको सिक्रीसहित फेला पारी नियन्त्रणमा लिएको हो।

थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धनाको क्रममा विजयले करिब एक महीनाअघि पर्साको आफ्नो गाउँबाट दुवैजना नाबालकलाई रूपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौरमा बोलाएर उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने सिकाएका थिए।

उनले बजारमा भिडभाड भएको ठाउँमा लगेर बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved