बहुमतबाट पारित भयो कर्णाली प्रदेश सरकारको बजेट

कर्णाली प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान बिष्टले पेश गरेको वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्दै बहुमतले पारित भएको हो।

बहुमतबाट पारित भयो कर्णाली प्रदेश सरकारको बजेट

सुर्खेत। कर्णाली प्रदेश सरकारको ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको छ। कर्णाली प्रदेशसभाको सोमबार बेलुका बसेको बैठकले वर्ष २०७९/०८० को बजेट बहुमतले पारित गरेको हो।

कर्णाली प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान बिष्टले पेश गरेको वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्दै बहुमतले पारित भएको हो। प्रतिपक्ष दल एमालेले बजेट संसोधन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको थियो।

एमालेले गत माघमा सरकारले प्रतिपक्ष दल एमालेसँग गरिएको सात बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथ्यगत रुपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने एमालेको अडान माग रहेको थियो।

सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको सर्बदलीय बैठकले विभिन्न चारबुँदे सहमति गर्दै प्रदेशसभा शुचारु गर्ने सहमतिसँगै शुक्रबार बसेको कर्णाली प्रदेशसभा बैठकमा बजेटमा छलफल गरेर बहुमतले पारित भएको हो।

सहमतिमा मुख्यमन्त्री रोजगार कार्यक्रमको प्रस्तावित योजनाहरु एकमुष्टरूपमा फिर्ता लिने, विनियोजन भएको रकम यथावत राखी साउन मसान्तसम्म कार्यविधिसम्मत योजनाहरु छनोट गर्ने, विनियोजन किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरुको नाम हटाउने र १५ लाखभन्दा कम रकम विनियोजन गरिएका योजनाहरुका हकमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिँचाइबाहेक अन्य नयाँ योजनाहरू कार्यान्वयन नगर्ने निर्णय भएका थियो।

प्रतिपक्ष दलसँग भएको चार बँुदे सहमतिपछि बजेटमा छलफल गर्ने बाटो खुलेको थियो। सत्ता पक्षको बहुमतबाट बजेट पारित भएको हो। कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved