माओवादी बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्दै

केन्द्रीय पदाधिकारी चयन गर्न नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ। केही बेरपछि प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्नेछन्।

नेपालभ्युज

माओवादी बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्दै

काठमाडौं। केन्द्रीय पदाधिकारी चयन गर्न नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ। केही बेरपछि प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्नेछन्।

महाधिवेशन भएको ६ महिना पुगी सक्दा समेत पदाधिकारी घोषणा भएको छैन। पोलिटब्यूरो र स्थायी समिति समेत घोषणा भएको छैन।

अध्यक्ष प्रचण्डले गरेको पदाधिकारी प्रस्ताव केन्द्रीय सदस्यहरूले पारित गर्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए। आजको बैठकबाटै पोलिटब्यूरो,स्थायी समिति र पदाधिकारी टुङ्गो लाग्न सक्ने ढकालले बताए ।

पदाधिकारी प्रस्तावअघि प्रचण्डले केन्द्रीय सदस्यले उठाएको जवाफ दिनेछन्। हिजो बुधबार बैठक बस्ने भनिए पनि संसद् बैठक लम्बिएकाले अन्तिम समयमा स्थगित भएको थियो।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, मातृका यादव र कृष्णबहादुर महराले दाबी छ। महासचिवमा भने जनार्दन शर्मा र वर्षमान पुनको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved