प्रचण्डको खुलासा :

‘मैले गठबन्धन दुर्घटनामा जान्छ भनेपछि प्रधानमन्त्रीले भन्नुभयो- बरू मर्छु, एसपीपी सम्झौता गर्दिनँ’

नेपालभ्युज

‘मैले गठबन्धन दुर्घटनामा जान्छ भनेपछि प्रधानमन्त्रीले भन्नुभयो- बरू मर्छु, एसपीपी सम्झौता गर्दिनँ’
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज गर्ने नेतृत्व आफ्नो पार्टीले गरेको दाबी गरेका छन्। उनले आफू प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगेर एसपीपी ठीक छैन भनेर भनेको उनले बताए।

बिहीबार ललितपुरका जनप्रतिनिधिलाई दिइएको प्रशिक्षणलाई सम्बोधनका गर्दै उनले १२ बूँदे घोषणा भनेर एमसीसीबाट हुन खोजेको दुर्घटनाबाट पार भएकोमा अहिले एसपीपी शैन्य सम्झौताका रूपमा आएको आफूले प्रधानमन्त्रीलाई भनेको उनको भनाइ थियो।

उनले भने, ‘‘ सबभन्दा पहिले मैले नै प्रधानमन्त्रीकहाँ गएर एसपीपीबारे यो ठीक छैन सम्झौता गर्ने सोच्नु भएको छ भने गठबन्धन दुर्घटनामा जान्छ भनेको थिएँ। खुशीको कुरा प्रधानमन्त्रीज्यूले म मर्छुँ तर एसपीपी सम्झौता गर्दिनँ भनेपछि धन्यवाद भनेँ। त्यसपछि गठबन्धन बसेर यसलाई अस्वीकार गर्ने निर्णय गर्नुपर्छ भनेपछि खारेज भयो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved