गण्डकीमा ‘फ्लोर क्रस’ गर्नेमाथि कारबाही हुन्छ: प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

गण्डकीमा ‘फ्लोर क्रस’ गर्नेमाथि कारबाही हुन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने सांसदमाथी कारबाही हुने बताएका छन् ।

आफ्नो पार्टीको ह्वीप लाग्ने र नमानेको भन्दै नेपाल समाजवादीका सांसद फणीन्द्र देवकोटालाई संसदीय दलले कारबाही गर्ने उनले बताए ।

उनले भने, ‘‘गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारबाही हुन्छ । संसदीय दलले निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउँछ ।’’

माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको देवकोटाले माओवादी संसदीय दलको ह्विप नमानेर सोमबार कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

माओवादीको ह्विप नमानेको भन्दै उनीमाथि पार्टीले कारबाही गर्ने माओवादीका नेताहरूले बताउँदै आएका छन् ।
माओवादीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिन ह्विप जारी गरेको थियो । तर, देवकोटाले ह्वीपविपरीत मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved