प्रशिक्षकलाई कुवेतमै छाडेर नेपाल फर्कँदै राष्ट्रिय फुटबल टोली

अलमुताइरीलाई छाडेर ३१ सदस्यीय नेपाली टोली आज फर्कन लागेको हो।

नेपालभ्युज

प्रशिक्षकलाई कुवेतमै छाडेर नेपाल फर्कँदै राष्ट्रिय फुटबल टोली

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कँदैछ। एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेको नेपाली टिम आज फर्कन लागेको हो।

छनोट खेलेको टोली आज नेपाल फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने उतै रहने भएका छन्। अलमुताइरीलाई छाडेर ३१ सदस्यीय नेपाली टोली आज फर्कन लागेको हो।

नेपाली टोली अलिहे बिहान १० बजे काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। अलमुताइरी भने एन्फासँग बिदा लिएर कुवेतस्थित घरमै बसेका हुन्।

कुवेतमा भएको छनोटमा जितविहीन रहँदै नेपाल अंकविहीन बनेको थियो। समूह ‘ए’मा रहेको नेपाल अंक तालिकाको पुछारमा रह्यो।

छनोटको पहिलो खेलमा जोर्डनसँग २–० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भयो। अन्तिम खेलमा इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved