आँबुखैरेनीमा २० मिटर सडक भासियो, यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।

नेपालभ्युज

आँबुखैरेनीमा २० मिटर सडक भासियो, यातायात अवरुद्ध
फाइल फोटो

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिँएको हो।
सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको छ। करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved