बजेट मूल्यवृद्धि रोक्नतर्फ उन्मुख छैन, केवल निर्वाचन लक्षित छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएकाे आर्थिक वर्ष २०७९/८० को बजेट निर्वाचन लक्षित मात्रै भएकाे टिप्पणी गरेका छन्। 

नेपालभ्युज

बजेट मूल्यवृद्धि रोक्नतर्फ उन्मुख छैन, केवल निर्वाचन लक्षित छ : राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएकाे आर्थिक वर्ष २०७९/८० को बजेट निर्वाचन लक्षित मात्रै भएकाे टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यो बजेट आर्थिक संकट, मूल्यवृद्धि रोक्नतर्फ उन्मुख नभएको बताए।

‘‘अहिलेको बजेटले हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्दैन। देशमा अहिले आर्थिक संकट देखिएकाे छ, मूल्यवृद्धि बढीरहेकाे छ। त्यसलाई रोक्नतर्फ यो बजेट उन्मुख छैन। यो बजेट केवल निर्वाचन लक्षित छ’’, उनले भने।

उनले बजेटको स्रोत र कार्यान्वयनका आधारहरु कहीँ पनि स्पष्ट नभएकाे भन्दै केवल अनुमानका आधारमा बजेट ल्याइएकाे बताए।

‘‘कति राम्रो कुरा छ कि एकै घण्टामा चितवन पुग्ने। त्यसका आधार के हुन्, स्रोत के हुन् ? यी सबै कुराबाट प्रष्ट हुन्छ, यो बजेट एउटा ललिपपको रुपमा मानिसहरुलाई भुल्याउने हिसाबको मात्रै छ। कमिशन लिने, वितरण गर्ने र चुनावका लागि खर्च जुटाउने’’, लिङ्देनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved