गल्ती स्विकारे फुर्वाले, मिरुनाले भाइ सम्झेर दिइन् माफी

नेपालभ्युज

गल्ती स्विकारे फुर्वाले, मिरुनाले भाइ सम्झेर दिइन् माफी

काठमाडौं । फिल्म हलमा दर्शकसँग भीडमा रहेका बेला आफूमाथि दुर्व्यवहार भएको भनी अभद्र व्यवहार आरोपसम्बन्धी घटनामा नायिका मिरुना मगर र फुर्वा लामाबीच दुईपक्षीय सहमति बनेको छ।

आज दुवै पक्षका अभिभावकहरू बसी यस विषयलाई थप विवादित नबनाउने सहमति भएको हो।

कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै मुगु स्थायी घर भएका फुर्पा तामाङमाथि हात हालेकी थिइन्। लगत्तै फुर्वालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर फुर्वाको पक्राउँसगै उनका समर्थकहरूको नाराबाजी र विरोधका कारण उनलाई धरौटीमा रिहा गरिएको थियो।

आज दुवै पक्षले सम्झौता गरेर यो विषयलाई अन्त्य गरेका छन्। फुर्वाले गल्ती स्वीकार गरी माफी मागेका छन् भने अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी हुन्।

त्यसैगरी अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved