दुर्घटना भएको विमान ४३ वर्ष पुरानो, ११ पटक खरीदबिक्री भइसकेको

नेपालभ्युज

दुर्घटना भएको विमान ४३ वर्ष पुरानो, ११ पटक खरीदबिक्री भइसकेको

काठमाडौं। आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतबार थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ गाउँभन्दा माथि सानुसरेमा दुर्घटना भयो। पाइलट, को-पाइलट, विमान परिचालिकासहित २२ जनाको मृत्यु भयो।

जसमध्ये १० जनाको शव आज पोखरा हुँदै काठमाडौं ल्याइँदैछ। जहाज मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष नागरिक उड्ड्यन प्राधिकरणले निकालेर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा जानकारी गराएका छन्।

मौसमको कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि उक्त विमान ४३ वर्ष पुरानो रहेको तथ्य बाहिरिएको छ। इतिहासका ज्ञाता सुनिल उलकले संकलन गरेको तथ्यांक अनुसार उक्त विमान ४३ वर्ष पहिले ट्वीनअटर कम्पनीले एयर बोस्वानालाई डेलिभरी गरेको थियो।

उक्त विमान ११ पटक खरीदबिक्री भइसकेको पाइएको छ। पछिल्लोपटक ताराले यति एयरलाइन्सबाट अप्रिल २०१० मा उक्त विमान खरीद गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved