बजेटमा विश्वसनीयता छैन, कार्यान्वयन गर्न ल्याइएकै होइन : खगराज अधिकारी

नेपालभ्युज

बजेटमा विश्वसनीयता छैन, कार्यान्वयन गर्न ल्याइएकै होइन : खगराज अधिकारी

काठमाडौं।  एमाले नेता खगराज अधिकारीले बजेटमा विश्वसनीयता नरहेको बताएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अधिकारीले सरकारले बजेट कार्यान्वयन गर्ने नियतले नल्याएको बताए।

बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो। बजेटमार्फत स्वास्थ्य बीमा प्राइभेट कम्पनीलाई दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको टिप्पणी उनले गरे।

अधिकारीले आर्थिक उत्पादन तथा भुक्तानी सन्तुलनमा समेत बजेटले सम्बोधन गर्न नसकेको जिकिर गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved